Rule 22
अनुगमन गर्ने
(१) मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गाको उपयोग र मुक्त कमैयाको आय आर्जन तथा रोजगारीको लागि सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता भए वा नभएको तथा यस नियमावली बमोजिम ऋण प्राप्त गरेका मुक्त कमैयाले कवुलियत बमोजिम ऋण उपयोग गरे वा नगरेको सम्बन्धमा कल्याणकारी अधिकृतले अनुगमन गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा प्राप्त भएको यथार्थ विवरण सहितको प्रतिवेदन नियमित रुपमा कल्याणकारी अधिकृतले मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।